site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओ‘रेली ब्राइटनमा अनुबन्धित

काठमाडौं । इंग्लिस क्लब ब्राइटनले स्कटिस क्लब सेल्टिकका मिडफिल्डर म्याट ओ‘रिलेलाई अनुबन्ध गरेको छ ।

ब्राइटनले डेनिस मिडफिल्डर ओ‘रेलीलाई २५ मिलियन पाउन्डमा भित्र्याएको हो । सम्झौताअनुसार ओ‘रेली सन् २०२९ सम्म ब्राइटनमा रहनेछन् ।

२३ वर्षीय युवा मिडफिल्डर ओ‘रेलीले सेल्टिकबाट कुल १२४ खेल खेलेका छन् । उनले यसक्रममा ६ उपाधि जित्दा २७ गोल गरेका छन् ।

“म निकै खुसी छु । दुई क्लबबीचको वार्ता चलिहरँदा पछिल्लो दुई हप्ता मेरो लागि तनावपूर्ण रह्यो । अहिले म यहाँ आउन पाउँदा खुसी छुँ,” सम्झौतापछि ओ‘रेलीले भने ।

ओ‘रेली सन् २०२२ मा एमके डन्सबाट १.२ मिलियन पाउन्डमा सेल्टिक अनुबन्धित भएका थिए ।

नयाँ सिजनका लागि ब्राइटनले अनुबन्ध गरेको ओ‘रेली सातौँ खेलाडी हुन् । प्रिमियर लिगको दुई खेल खेलिसक्दा ब्राइटन ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ब्राइटनले प्रिमियर लिगका सुरुआती दुई खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकालेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro