site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुकुलको प्रश्न– न्यायिक निकायबाट महामन्त्रीमा फर्किएँ भने रविले राजीनामा दिन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको भन्दै पार्टीबाट नभएको दोहोर्‍याएका छन् । 

पार्टीको केन्द्रीय समिति बैठकले मंगलबार साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि डा. ढकालले आफू न्यायिक निर्णयबाट रास्वपाको महामन्त्रीमा फर्किने बताएका छन् । 

“न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ,” महामन्त्री ढकालले भनेका छन्, “नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला । तर, उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।” 

Dabur Nepal
NIC Asia

डा. ढकालले सहकारी प्रकरणका सवालमा रविले आमजनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडेको भन्दै आएका प्रमाणलाई किर्ते भनेर भ्रम छरिरहेको उनको भनाइ छ । लामिछानेले न्यायिक निकायमा भएको विचाराधीन विषयलाई प्रभावित पार्ने कोसिस गरिरहेको उनले बताए । 

“सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आमजनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेका छन्, आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्,” ढकालले भनेका छन्, “यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् ।” 

उनले नैतिकता गुमाएको भन्दै लामिछानेलाई नैतिक हुन र भ्रम नछर्न सुझाव दिएका छन् । “र, फेरि पनि नैतिक रूपले पतित रविलाई नैतिकताकै प्रश्न– अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्वगृहमन्त्रीलाई त्यो शोभा दिँदैन,” ढकालले भनेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमार्फत राखेका धारणा–

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।

र अर्को कुरा ,

सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro