site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारको अवसर पारेर कात्तिक १५ रिलिज हुँदै ‘मायावी’

काठमाडौं । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । 

तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको हो । यद्यपि, निर्देशक भट्टराईले यसबारे औपचारिक जानकारी भने दिएका छैनन् । 

चलचित्रको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी सिनेमामा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् । 

पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । 

राज कटुवाल र चन्द्र पन्त चलचित्रका निर्माता हुन् । ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।

निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro