site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, प्रदेशमा बिदा
फाइल तस्बिर ।

विराटनगर । मोरङको विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट यहाँ हरेक वर्ष रथयात्रा निकालिन्छ । रथयात्राका अवसरमा कोसी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

विराटनगरमा वि.सं. १९८८ सालदेखि खटबाट राधाकृष्ण रथयात्रा सुरु गरिएको थियो । २०२५ देखि राधाकृष्णको प्रतिमा रथमा विराजमान गराई नगर परिक्रमा गराउन थालिएको हो ।

तीनपैनी चोकको राधाकृष्ण मन्दिरबाट दिउँसो साढे ३ बजे रथयात्रा सुरु गरिने आयोजक समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए ।

रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुग्नेछ । रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ । यसका निम्ति विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro