काठमाडौं । सुदूरपश्चिमको लोकप्रिय पर्व गौरा काठमाडौंका विभिन्न स्थानमा सोमबार मनाइएको छ । काठमाडौंको टुँडिखेल, कालिकास्थान, कोटेश्वर, ललितपुरको इमाडोललगायत ठाउँमा गौरा पर्व मनाइएको हो ।
वर्षाका कारण काठमाडौंको टुँडिखेलमा मनाइएको गौरा पर्व केही असहज बन्यो । वर्षाले टुँडिखेल हिलाम्य हुँदा अघिल्ला वर्षहरूको तुलनामाभन्दा गौराको रौनक कम देखिएको छ । तथापि, देउडा खेल्दै गौरा मनाइएको छ ।
यस्तै, काठमाडौंको कालिकास्थानस्थित साँस्कृतिक भवनमा समेत गौरा पर्व मनाइएको छ ।
गौरामा पार्वती तथा महेश्वरको पूजा गरिन्छ । पूजासँगै अन्य कार्यक्रमका साथ गौरा पर्व मनाइने गरिन्छ ।
टुँडिखेलमा मनाइएको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत पनि सहभागी थिए ।