site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शिखर धवन : यस्तो छ भारतीय ‘गब्बर’को क्रिकेट तथ्यांक
SkywellSkywell

काठमाडौं । सन् २००४ को यू–१९ विश्वकपमा भारतीय युवा ब्याटर शिखर धवनले खुबै चर्चा बटुले । प्रतियोगितामा भारतीय टिम सेमिफाइनलबाट अघि बढ्न सकेन । तर, धवनले यही प्रतियोगिताबाट भारतीय सिनियर राष्ट्रिय टिमसम्म पुग्ने आधार खडा गरे ।

त्यति बेला उनी प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए । धवनले कुल ५०५ रन जोडेका थिए । सात इनिङ्समा उनले तीन शतक र एक अर्धशतक बनाए । प्रतियोगितामा उनको औसत ८४.१६ र स्ट्राइक रेट ९३.५१ थियो ।

सन् २०२२ अघिसम्म धवन नै यू–१९ विश्वकपको इतिहासमा सबैभन्दा धेरै रन बनाउने ब्याटर थिए । २०२२ को संस्करणमा दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेविसले धवनको उक्त कीर्तिमानलाई एक रनले पछि पारे ।

Dabur Nepal
NIC Asia

सानदार टेस्ट डेब्यु
धवनले सन् २०१० मा भारतीय टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । तर, त्यसको तीन वर्षसम्म उनले यो संरचनामा खास रन जोड्न सकेनन् । २०१३ मार्चमा टेस्ट क्रिकेटमा डेब्यु गर्दा धवन पुनः सञ्चारमाध्यमको हेडलाइन बने ।

एकदिवसीय क्रिकेटमा डेब्यु गर्दा आफू नर्भस बनेको धवन आफैँ स्वीकार गर्छन् । अस्ट्रेलियाविरुद्धको उक्त खेलमा धवन दुई बल खेल्दा रन नजोडी आउट भएका थिए । तर, तीन वर्षपछि अस्ट्रेलियाविरुद्ध नै टेस्टमा डेब्यु गर्दा धवनमा नर्भसनेस हाबी बन्न पाएन ।

d2-1724668115.jpg
मोहालीमा भएको उक्त टेस्टमा धवनले १८७ रनको सानदार इनिङ खेले । उनले अस्ट्रेलियाविरुद्ध ८५ बलमै शतक बनाएका थिए । यो स्कोर अझै पनि टेस्ट क्रिकेटमा डेब्युट्यान्टको सबैभन्दा छिटो शतक हो । धवनपछि आजसम्म कुनै भारतीय ब्याटरले टेस्ट क्रिकेटको डेब्युमै १८७ रन बनाउन सकेका छैनन् ।

“म हतारमा खेलिरहेको थिइनँ । ब्याटको प्रहारपछि चौका आफैँ आइरहेको थियो,” उक्त कीर्तिमानपछि धवनले दिएको प्रतिक्रिया यस्तो थियो ।

भारतले च्याम्पियन्स ट्रफी जित्दाका नायक
सन् २०१३ मा इंग्ल्यान्डमा आयोजित च्याम्पियन्स ट्रफीअघिसम्म धवन भारतीय टिमबाट अढाई वर्षमा पाँचपटक एकदिवसीय खेलमा मैदानमा उत्रिएका थिए । त्यसक्रममा उनले ६९ रन मात्र बनाएका थिए । उक्त वर्षको च्याम्पियन्स ट्रफीपछि भने उनको यो खराब लय तोडियो ।

उनले प्रतियोगिताका सुरुआती दुई खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध लगातार शतक प्रहार गरे । यसपछि उनले पाकिस्तानविरुद्ध ४८, श्रीलंकाविरुद्ध ६९ र इंग्ल्यान्डविरुद्ध ३१ रन बनाए । प्रतियोगिताको उपाधि भारतले जित्दा धवन नै प्लेयर अफ दी सिरिज घोषित भए । उनले प्रतियोगिताभर ९०.७५ को औसतमा ३६५ रन बनाए ।

“मेरो सपना यही थियो । म निकै खुसी छु,” प्रतियोगितापछि धवनले भनेका थिए ।

उत्कृष्ट आईपीएल करियर
विश्वकै सबैभन्दा ठूलो क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल)मा धवनले पाँच टिमको प्रतिनिधित्व गरे । उनले दिल्ली क्यापिटल्स (दिल्ली डेयरडेभिल्स), मुम्बई इन्डियन्स, डेकान चार्जर्स, सनराइजर्स हैदराबाद र पञ्जाबबाट आईपीएल खेले ।

आईपीएलका २२२ खेलमा उनले ६ हजार ७६९ रन बनाए । यसक्रममा उनको औसत ३५.२५ र स्ट्राइक रेट १२७.१४ रह्यो ।

d3-1724668154.jpg
उनले आईपीएलमा पहिलो शतक बनाउन १६७ खेल कुर्नुपर्‍यो । सन् २०२० को संस्करणमा धवनले चेन्नाई सुपर किंग्सविरुद्ध पहिलो शतक बनाएका थिए । यसपछि लगत्तै अर्को खेलमा पञ्जाब किंग्सविरुद्ध उनले शतक बनाए । त्योसँगै उनी आईपीएलको इतिहासमा लगातार दुई खेलमा शतक बनाउने पहिलो ब्याटर बने ।

पछिल्लो एक दशक भारतीय टिम र आईपीएलमा फरक पहिचान बनाएका उनै धवनले शनिबार अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनले भारतीय टिमबाट ५८ टेस्ट, १६४ एकदिवसीय र ६६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरे । त्यसक्रममा उनले टेस्ट क्रिकेटमा दुई हजार ३१५, एकदिवसीयमा ६ हजार ७९३ र ट्वान्टी–२० मा एक हजार ७५९ रन बनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu