कला

काठमाडौं । चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ ।
गीतमा सिनेमाका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् ।
चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन् ।
चलचित्रको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् ।
चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बालगायत छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ ०८:१६
प्रतिक्रिया दिनुहोस्