site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्रको घोषणा– जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चारमहिने अभियान चलाएको जानकारी गराए । यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्षमा उत्रने उनले उल्लेख गरे ।

उनले मुलुकलाई बचाउने भए अब अरूको मुख ताकेर नहुने बताए । जसपा, नेपालले सडक र जनताका बीचबाट हस्तक्षेपकारी भूमिका खेल्न तयार हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro