site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हाल्यान्डप्रेरित सिटीको लगातार दोस्रो जित

काठमाडौं । फरवार्ड एर्लिङ हाल्यान्डको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा इप्सविचविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न खेलमा सिटीबाट हाल्यान्डले ह्याट्रिक गर्दा अर्को एक गोल केभिन डी ब्रुयनाले थपे ।

खेलमा सुरुआती अग्रता भने इप्सविचले बनाएको थियो । सातौँ मिनेटमा सामी स्मोडिक्सले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । तर, इप्सबीचको यो अग्रता लामो समय भने टिक्न सकेन ।

१२औँ मिनेटमा हाल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि नै केभिडन डी ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता २–१ मा पुजितयायो । १६औँ मिनेटमा हाल्यान्डले दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा हाल्यान्डले ह्याट्रिक गरेपछि सिटीले ४–१ को सहज जित निकालेको हो ।

यो जितसँगै सिटीले घरेलु मैदानमा अपराजित यात्रालाई ४४ खेलसम्म लम्ब्याएको छ ।

नयाँ सिजनको सुरुआती दुई खेलमा जित निकालेको सिटी ६ि अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सिटीले यसअघि पहिलो खेलमा चेल्सीविरुद्ध उसैको मैदानमा २–० को जित निकालेको थियो ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएका अन्य खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ को जित निकालेको छ । यस्तै, क्रिस्टल प्यालेसले वेस्ट ह्यामविरुद्ध २–० को र फुलहमले लेस्टर सिटीविरुद्ध २–१ को जित निकालेको छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro