प्रवास
सिड्नी । नेप्लिज अष्ट्रेलियन युथ एशोसियसन (नयाँ)को साधारणसभाले विपीन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सिड्नीमा सम्पन्न पाँचौँ साधारण सभाले थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । उपाध्यक्षमा शेखर तिवारी, महासचिवमा सुमन श्रेष्ठ, सचिव मिलन भट्ट, सहसचिव राजेश टण्डन, कोषाध्यक्ष श्रवण भट्टराई, युवा संयोजक लेखमणि त्रिटाल,आईटी संयोजक कृष्ण ढकाल,महिला संयोजक प्रियंका सिटौला,कार्यक्रम संयोजक जेनिश लामा थिङलाई चयन गरेको हो । त्यस्तै कार्यकारी सदस्यहरूमा युवराज गुरागाइ,निरज पन्थ ,गणेश बानियाँ ,सुनिल गौतम ,विज्ञान ढकाल,सौगत त्रिपाठी ,विज्ञान अधिकारी ,मोहन थापा ,भुवन जंग बस्नेत, विकल्प घिमिरे र केदार रायमाझी रहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ०९:०६
प्रतिक्रिया दिनुहोस्