देश
डोटी । सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ । सर्पले डस्दा आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो । रासस
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ २२:४६
प्रतिक्रिया दिनुहोस्