site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजमार्ग अवरुद्ध : नेपाल फर्कन लागेका ५०० यात्रु केरुङमा रोकिए
रसुवागढीस्थित मितेरीपुल । फाइल तस्बिर ।

रसुवा । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलाश दर्शनका निम्ति जाने दर्शनार्थी प्रभावित भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङखोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए ।

यातायातका साधन बन्द भएपछि कैलाशबाट नेपाल फर्कन लागेका करिब ५०० यात्रु केरुङमा र तीर्थ जाँदै गरेका १०० जना रसुवागढीमा रोकिएका छन् । उनीहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिए ।

राजधानी काठमाडौंदेखि केरुङसम्म करिब १७१ किमि दूरी रहेको बताइन्छ । चाँडोे राजमार्ग खुलाई कैलाश दर्शनका निम्ति हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

टिमुरे क्षेत्रमा रोकिएका यात्रुको सहयोगका निम्ति नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro