site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले गर्‍यो युक्रेनलाई थप सैन्य सहयोगको घोषणा
फाइल तस्बिर ।
SkywellSkywell

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा किभका निम्ति १२ करोड ५० लाख डलरबराबरको थप सैन्य सहयोगको घोषणा गरेका छन् । बाइडेनले युक्रेनका निम्ति सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाएका छन् ।

सहयोगमा युक्रेनको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रुसको विकसित रणनीतिविरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका निम्ति गोलाबारुदलगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ । बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताका साथमा रहेको उल्लेख गरेका छन् ।

KFC Island Ad
NIC Asia

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलरभन्दा बढी हतियार, गोलाबारुद र अरू सुरक्षा सहायता प्रदान गरिसकेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro