site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रवादी भाव बोकेको ‘मैले खोजेको देश’ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कवि, लेखक, विश्लेषक, सम्पादक, पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल २०३६ सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् । 

यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका अनेक घटना पार गर्दा पनि ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पूरा गरेर निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् ।

झापा, भद्रपुर–८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएको जस्तो आभास उनका कविताले दिलाउँछ । ढुंगाना काव्य रचनामा कोमल हृदय भएका तर विकृतिविरुद्ध प्रहार गर्ने सशक्त सर्जक हुन् भनिदिँदा फरक पर्दैन । स्वतन्त्रताका लागि कठोर आवाज ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वि. सं. २०८१ वैशाखमा दोस्रो कृतिका रूपमा प्रकाशित भएको कविताकृति ‘मैले खोजेको देश’ राष्ट्रवादी भावसितै विद्रोह बोकेर आएको छ । यस संग्रहका कविताले कवि ढुंगानालार्ई राष्ट्रवादी सर्जकका रूपमा उभ्याइदिएको छ भन्दा हुन्छ । उनका कविताले राष्ट्रप्रति निस्वार्थ प्रेम, जीवनजगत्मा मान्छेको भूमिका, स्वतन्त्रता, विकृति–विसंगतिप्रति प्रहार, आजको राजनीतिमाथि अविश्वास गर्दै विद्रोहको ज्वाला दन्काउने प्रयास गरेको छ ।

मानवजीवनमा आशावादी जीवनदृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल कविका अधिकांश कविताले मान्छेकै बेलीविस्तार गर्दै देशप्रति माया दर्साएर शासकीय विकृतिमाथि चिरफारको प्रयास पनि गरेका छन् । समयानुसारको आवाज र राजनीतिको अन्धोपनाबीचको द्वन्द्व पनि प्रस्ट्याउने इच्छा राखेको पाइन्छ कवितामा ।

Royal Enfield Island Ad

लामाछोटा गरी ७० वटा कविताले मूल रूपमा देशलाई उभ्याएको भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासनजस्ता पक्ष मूल भाव बनाएका छन् उनले ।

यस पुस्तकमा हरि अधिकारी र कृष्ण धरावासीको भूमिका, विवश पोखरेल र प्रमोद प्रधानको कृतिभित्रका कवितामा रहेका विषयवस्तुकेन्द्रित टिप्पणी रहेको छ । कवि राजेशलाई स्वतन्त्रताप्रेमी, प्रजातन्त्रप्रेमी, राजनीतिकर्मी, पत्रकार र सफल कविका रूपमा परिचय गराउने प्रयास भूमिकामा गरिएको छ ।

नेपालमा २००७ सालदेखि आजसम्मको राजनीतिक तन्त्रहरूको खात लगाइसक्ता पनि पुस्तौँपुस्तासम्म राजनीतिक लडाइँ लडिरहनुपरेको आक्रोश कवितामा स्पष्ट रूपमा भेटिन्छ । देश भ्रष्ट चंखे, चतुरे, तिघ्रे र पाखुरेहरूकै मात्र मस्तीकेन्द्र भइरहेको उनको कवितामा अभिव्यक्त छ ।

बाँच्नका लागि नागरिककले देश छोडेर विदेशीको दास बन्नुपरेको अवस्थामाथि व्यंग्य कसिएको छ । मान्छे हुन केही गर्नुपर्छ भन्ने भावना पनि विचारका रूपमा कवितामा आएका छन् । हत्याहिंसाबाट उम्रिएको राजनीतिले देश र जनतालाई सुख, शान्ति र समृद्धिको फल दिन सक्दैन । राजनीतिलाई नागरिकले बेइमानी, ठगी, लुटझुट र अनैतिकता स्वाभाविक हुने खेलका रूपमा बुझ्नुपर्ने अवस्था छ ।

देशको हितविपरीतका गतिविधिमाथि कवितामा व्यंग्यको वाण प्रशस्त हानिएको छ । २०७० देखि २०८० सालको बीचमा फुटकर रूपमा प्रकाशित यी कविताहरूले नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरू जोडेर देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास कविले गरेका छन् ।

यस संग्रहमा कविले सरल शब्दभित्र प्रभावकारी विम्ब र उत्कृष्ट काव्यशिल्प प्रयोग गरेका छन् । मान्छे उन्मुक्त स्वतन्त्रताप्रेमी भएको ठान्ने कवि ढुंगानाले मान्छेभित्र लुकेका अहम् र विकृतिका विरुद्ध खरो प्रहार गरेको उनको यस कृतिभित्रका कविताहरूमा पस्दा थाहा हुन्छ ।

‘मैले खोजेको देश’का हरेक कविता कलात्मक छन् । गहन भावसित गाँसिएर उत्कृष्ट अभिव्यक्तिका रूपमा आएका छन् । कविता पढ्दा पाठकले आनन्दानुभूति गर्ने अवसर पाउँछन् । खासमा उनका कविताले मन र मस्तिष्कलाई सोचनीय बनाउँछ ।

कवि राजेश ढुंगानाका कविताहरू देशदुनियाँ छोडेर मानवताबाट टाढा भागेका छैनन् । उनका कवितामा वर्तमान नेपाली राजनीतिमा सत्तामोह र स्वार्थमा लागेका नेताहरूप्रति व्यंग्य र विद्रोहका स्वरहरू उराल्ने प्रयास गरिएको छ । पहिलो कृतिभन्दा कवि ढुंगाना दोस्रो कृतिमा आइपुग्दा बलवान् विद्रोहीका रूपमा देखिएका छन् ।

राजनीतिमाथि पटकपटक विद्रोहको आगो ओकल्नु र धावा बोल्न पछि परेका छैनन् ।

कविता ‘युद्ध’मा उनले लेखेका छन्–

झुप्राहरूले
महलका विरुद्ध लड्दै छन्
बन्दुकका विरुद्ध
केवल
हात र आवाजहरूले
लड्नेछन् । (हात र आवाजहरू)

माथि उल्लेखित एक टुक्रा कविताका सारले नै भन्छ, कवि राजेश ढुंगाना देश र जनताको भलाइका लागि विद्रोह बोल्ने राष्ट्रवादी कवि हुन् । जसले विचारलाई हतियार बनाएर विध्वंसका बमहरू सधैँका लागि देशका सिमानाबाट फाल्ने हिम्मत कसेका छन् ।

नेपाली काव्यजगत्मा राजेश ढुंगानाको यो कृति एउटा बलियो इँटा बनेर आएको छ भनिरहँदा फरक पर्दैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro