site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नयाँ सिजनको पहिलो खेलमै रोकियो रोनाल्डोको अल नासर

काठमाडौं । साउदी प्रो लिग २०२४–२५ को पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टिम अल नासर बराबरीमा रोकिएको छ । बिहीबार अल अवाल रंगशालामा अल नासर र अल राइद १–१ को बराबरीमा रोकिए ।

अल नासरले पहिलो हाफको अग्रता जोगाउन नसक्दा दुई अंक गुमाएको हो । अल नासरबाट रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए । तर, ४९औँ मिनेटमा पेनाल्टीमार्फत मोहमेद फौजैरले गोल गरेपछि अल–राइद खेलमा फर्कियो ।

Dabur Nepal
NIC Asia

अल नासर एक अंकसहित तालिकाको चौथो स्थानमा छ । समान अंकको अल राइद पाँचौँ स्थानमा छ ।

गत सिजन अल नासरले दोस्रो स्थानमा रहँदै लिग टुंग्याएको थियो । अल राइदले १२औँ स्थान हासिल गरेको थियो ।

बिहीबारदेखि सुरु प्रो लिगमा कुल १८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro