site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडीमा मिनी ट्रक दुर्घटना : साहुको घटनास्थलमै मृत्यु, चालक र सहचालक घाइते
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीमा आज बेलुका मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य, दुईजना घाइते भएका छन् ।

कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका–५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै आज साँझ ७ बजे दुर्घटनामा भएको हो ।   

ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । 

सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro