site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोकल हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

काठमाडौं । ग्लोकलद्वारा आयोजित गोल्छा ग्रुपको प्रस्तुती ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरका किशोरकिशोरीहरूबाट कुल ७०९ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरेको हो ।

आशिष पन्थी, घनश्याम विश्वकर्मा, निश्चल भट्टराई, पूर्णिमा तिम्सिना, सजनी शर्मा, र श्रीजय सुवेदी छनोट भएका हुन् ।

किशोरकिशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ग्लोकल टिन हिरो नेपालको यो दसौँ संस्करण रहेको ग्रुपले जनाएको छ । हरेक वर्षझैँ यस वर्ष पनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलनमार्फत गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने ग्रुपले जनाएको छ ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सेप्टेम्बर १, २०२४ मा सोल्टी होटेल काठमाडौंमा सञ्चालन गरिनेछ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro