site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै अवकाशको पत्र पाएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित २१ जनाको जागिर तत्कालका लागि जोगिएको छ । उनीहरू यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहनेछन् ।

त्यसबाहेक ३० वर्षे सेवा अवधिका आधारमा केही समयभित्रै अवकाशमा जान लागेकाहरू पनि सेवामा कायम रहनेछन् ।

अन्तरिम आदेशमा रिटकर्ताहरूलाई जस्तै अन्य व्यक्तिको हकमा त्यस्तो पत्राचार नगर्न भनिएको छ । यसअघि, बृहत्‌पूर्ण इजलासले दिएको आदेश कार्यान्वयन नभएको विषयमा पनि प्रश्न उठाइएको छ । पहिलेको आदेश कार्यान्वयन नगरेको कारबाही किन नहुनुपर्ने भन्दै १५ दिनभित्र जवाफ पठाउन इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

Police-Age-(3)-1724327733.jpg

Police-Age-(1)-1724327732.jpg

Police-Age-(2)-1724327732.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro