site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधनबारे प्रधानमन्त्रीको जवाफ– कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्न होइन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकताका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्ने आँट गठबन्धन सरकारको छ ? भन्दै सोधेकी थिइन् । जवाफमा प्रधानमन्त्रीले देश, जनता र सुशासनका विषय अघि बढाउन आवश्यक पर्ने पाटोमा संशोधन गरिने बताए ।

संविधान संशोधन गर्ने विषयमा आँट देखाएर उल्किन जरुरी नभएको उनले उल्लेख गरे । “हामी कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्न होइन यो । आँट गर्नपरे सबैले गरौँला । नपरे कसैले नगरौँला । यो साझा सवाल हो,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro