site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलको सामाजिक उत्तरदायित्वअन्तर्गतका पहल सातै प्रदेशमा कार्यान्वयन
SkywellSkywell

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा सामाजिक विकाससम्बन्धी विभिन्न आयोजना सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८औँ वर्षको लागि १८ वटा सामाजिक पहलका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यान्वयन भइरहेका छन् ।

देशव्यापी रूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आह्वान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मूल्यांकन गरी छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरू छनोट गरी  कार्यान्वयनमा ल्याइएका हुन् ।

Health-Camp-(2)-1724317528.jpg
छानिएका परियोजनाहरूमा वााग्मती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रर्वद्घनको कार्यक्रम तथा शिक्षासम्बन्धी कार्यक्रमहरू रहेको छ । त्यस्तै, गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारणले गर्दा विद्यालय जान छाडेका तथा विद्यालयबाट बाहिररहेका बालबालिकालाई पुनः पठाउन स्कुल फर आउट अफ स्कुल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी न्युट्रिसन, वाससम्बन्धी  कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवर्द्धनको लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् । 

Dabur Nepal
NIC Asia

त्यसैगरी कोसी प्रदेशको लागि ६ हजार महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरूको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरूमा ग्रिन स्कुलको अवधारणा विकासको लागि परियोजना सञ्चालन भइरहेको छ ।

मधेस प्रदेशमा युवाहरूको क्षमता विकास तथा जिविकोपार्जनको लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नवीकरणीय उर्जा प्रवर्द्धनसम्बन्धी परियोजना सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा वाससम्बन्धी व्यापक कार्यक्रम तथा फोहोरमैला वर्गीकरण तथा फोहोरबाट कम्पोस्ट मलको उत्पादनसम्बन्धी कार्यक्रम रहेका छन् ।

आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यान्वयन क्षेत्र, प्रस्ताव पेस गर्ने संस्थाको अनुभव लगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय उर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयन लगिएका छन् ।

Hupsekot-1724317528.jpeg
 

“यो कार्यक्रमअन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्य सम्बन्धी परियोजना गर्दै छौँ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेशनको प्रवर्द्धनको काम हुन्छ । त्यसैगरी मधेस प्रदेशमा १८ देखि २५ वर्षका युवालक्षित स्किल क्याप गर्दै छौँ भने कोसीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दै छौँ । यी केही उदाहरण हुन्” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, “सातै प्रदेशमा कार्यान्वयन हुँदै गरेका हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।”

दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्वावित आयोजनाको महत्व र प्रभावका आधारमा कुनै प्रदेशहरुमा दुईभन्दा बढी परियोजना छानिन सफल भएका छन् ।

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुुई अर्बभन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu