site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सातै प्रदेशमा कार्यान्वयनमा
SkywellSkywell

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा छन् । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एट्टिन फर एट्टिन’ अर्थात १८औँ वर्षका लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुला गरेको थियो । यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन् । 

देशव्यापीरूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आवहान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मूल्यांकन गरेर छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरू छनोट गरी कार्यान्वयनमा ल्याइएका हुन् ।

NCELL-CSR-(5)-1724245362.jpgछानिएका परियोजनाहरूमा वाग्मती प्रदेशका लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्धनको कार्यक्रम तथा शिक्षासम्बन्धी कार्यक्रमहरू छन् ।

Dabur Nepal
NIC Asia

गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारणले गर्दा स्कुल जान छाडेका तथा स्कुलबाट बाहिर रहेका बच्चाहरूलाई पुनः स्कुल पठाउन स्कुल फर आउट अफ स्कुल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी न्युट्रिसन, वाससम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवर्धनका लागि ग्रिन बक्स कार्यक्रम छन् । 

त्यसैगरी, कोसी प्रदेशका लागि ६,००० महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणका लागि आउने पर्यटकहरूको सुरक्षाका लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् । 

NCELL-CSR-(2)-1724245361.jpgलुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरूमा ग्रिन स्कुलको अवधारणा विकासका लागि परियोजना सञ्चालन भइरहेको छ । 

मधेस प्रदेशमा युवाहरूको क्षमता विकास तथा जीविकोपार्जनका लागि सिप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका पाँचवटा मोडल स्कुलमा स्टेम एजुकेसन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् । नवीकरणीय ऊर्जा प्रवर्धनसम्बन्धी परियोजनाहरू पनि सञ्चालनमा छन् ।

कर्णाली प्रदेशमा वाससम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादनसम्बन्धी कार्यक्रमहरू छन् ।

आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यन्वयन क्षेत्र, प्रस्ताव पेस गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरू (जस्तै; शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय ऊर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू) कार्यान्वयन लगिएका छन् ।

NCELL-CSR-(3)-1724245361.jpg“यो कार्यक्रमअन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्यसम्बन्धी परियोजना गर्दै छौँ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेसनको प्रवर्धनको काम हुन्छ । त्यसैगरी, मधेस प्रदेशमा १८ देखि २५ वर्षका युवालक्षित स्किल क्याप गर्दै छौँ भने कोसीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दै छौँ । यी केही उदाहरण हुन्,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “सातै प्रदेशमा कार्यान्वयन हुँदै गरेका हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ ।” 

दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एट्टिन फर एट्टिन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्न प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्वावित आयोजनाको महत्त्व र प्रभावका आधारमा कुनै प्रदेशहरूमा दुईभन्दा बढी परियोजनाहरू छानिन सफल भएका छन् ।

NCELL-CSR-(1)-1724245362.jpgएनसेलले आफ्नो स्थापनापछि शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको छ । साथै, कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu