site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

किसानको भागको कृषि अनुदान हात पारेर काम नगरी पचाउनेहरूको सूची सार्वजनिक गर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको चेतावनी कार्यान्वयन हुन्छ कि यसै हराउँछ अहिल्यै केही भन्न सकिँदैन । किनभने मन्त्रीहरूभन्दा पनि अनुदान खाने सत्ताका दलालहरू राजकाजमा शक्तिशाली जो ठहरिने गरेका छन् । 

नेपालमा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेसँग खेतबारीमा बाली लगाउनै पनि बर्सेनी झन् झन् मुस्किल हुँदैगएको छ ।  उत्पादकत्व र बजारसमेतका कारण कतिपय अवस्थामा खेतीमा गरिने लगानीसमेत फिर्ता हुँदैन । यसैले कृषि उत्पादन बढाउन किसानलाई प्रेरित गर्न सरकारले कृषिमा बर्सेनि अर्बौं रुपियाँ अनुदान दिनेगरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वास्तविक कृषकले पाउनुपर्ने यस्तो अनुदान भने ‘गाईको थुन न बाच्छाको मुख’ भनेकै अरूकै हात परेको गुनासो किसानहरूले गर्नेगरेका छन् । किसानको भागकोयस्तो अनुदान विशेषगरी सत्तामा पहुँच भएका राजनीतिक दलका कार्यकर्ताले कागज मिलाएर  ‘हजम’ गर्दैआएका छन् । मन्त्री अधिकारीले यिनैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । 

मन्त्री अधिकारीले दिएको चेतावनी साँच्चै नै कार्यान्वयन गर्न सके भने त्यसबाट कृषि क्षेत्रमा मात्र होइन देशमा सुशासन कायम गर्न पनि ठूलो सहयोग मिल्नेछ । जालझेल गरेर लिन सफल भए पनि काम नगरी कृषि अनुदान पचाउन नसकिने रहेछ भन्ने सन्देशमात्र सम्पेषित गर्न सके पनि पहुँचवाला सत्ताका दलालहरू हच्किनेछन् ।

सत्तामा प्रभाव र पहुँच भएकाहरू नै यसरी कागजपत्र मिलाएर कृषि अनुदान हात पारेका हुन् । विशेषगरी नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न दलका नेताका कृपापात्रहरूले नै अनुदान ठगेका देखिन्छ । तिनको नाममात्रै पनि सार्वजनिक भए पनि ‘अनुदान ठग’हरूको अनुहार उदाङ्गो हुनेछ ।

सत्तामा प्रभाव भएकाहरूले नै अनुदान ठगेका हुनाले तिनको नाम सार्वजनिक गर्न मन्त्रीले उनकै मातहत मन्त्रालयका कर्मचारी र  सत्ताका सहयोगी दलका नेताहरूबाट सहयोग नपाउन सक्छन् । त्यसमाथि सत्ताका दलालहरूलाई जिस्क्याउँदा ‘अरिङ्गालको गोलामा ढुंगा’ हानेजस्तै पनि हुनसक्छ । यसैले अनुदान ठगहरूको अनुहार उदाङ्गो बनाउने चेतावनी दिएर मन्त्रीअधिकारीले ठूलै विपत्ति निम्त्याएका छन् । 

सत्ताका दलालहरूको प्रभाव र पहुँचबाट नडराई मन्त्री अधिकारीले साँच्चै नै अनुदान ठगहरूको नाम सार्वजनिक गरिदिए भने त्यसको दीर्घकालीन सकारात्मक प्रभाव पर्नेछ । मन्त्री अधिकारी आफ्नो अठोटमा अडिन्छन् कि उनी पनि अन्ततः जिम्मेवारीबाट भाग्ने हुन् ? पर्खौँ, यसै पनि 'ढाँटको निम्तो खाई पत्याउनु' भनिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro