site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हदम्याद भ्रष्टाचारीलाई जोगाउने बाहाना हो : अर्जुननरसिंह केसी
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पाँच वर्षे हदम्याद भ्रष्टाचारीलाई जोगाउने बाहाना भएको बताएका छन् ।  यो मापदण्ड राखे विद्रोह हुने उनको भनाइ छ । 

पाँच वर्षअघिका भ्रष्टाचार मुद्दा चलिरहेको भन्दै राज्यव्यवस्था समितिको आज बसेको बैठकमा उनले भने, “भ्रष्टाचारको हदम्याद पाँच वर्षको कुरा किन आयो ? संशोनकर्ताले नोटअफ डिसेन्ट राख्न मिल्छ कि मिल्दैन ? म यसको विरोध गर्छु ।  हदम्याद राख्नु हुँदैन ।” संशोधनकर्ता केसीले नीतिगत निर्णय परिभाषित हुनुपर्ने उनको भनाइ छ ।  

अर्का संशोधनकर्ता रोशन कार्कीले भ्रष्टाचार छानबिन गर्न हदम्याद हुन नहुने बताइन् । “हदम्याद राख्यौँ भने भ्रष्टाचार गर्ने ऐन बनाउन लागेको जस्तो हुन्छ,” उनले भनिन्, “दुई करोडभन्दा माथिको भ्रष्टाचार गर्नेलाई जन्मकैदको व्यवस्था राख्नुपर्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro