site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

काठमाडौं । सरकारी अस्पतालहरुमा टिकट लिनदेखि सामान्य परीक्षणका निम्ति सेवाग्राहीले लामो लाइन बस्नुपर्ने समस्या वर्षौँदेखि उस्तै छ । विशेषगरी ठूला अस्पतालका ओपीडीमा डाक्टर भेट्नमात्रै चार घण्टासम्म कुर्नुपर्ने बाध्यता छ । 

विशेषगरी बिहानी समयमा अस्पतालहरुमा टिकट लिनेको भीड अस्तव्यस्त देखिन्छ । 

ओपीडीमा जाँच गराउन चार घण्टासम्म लाइन बसे पनि डाक्टरले समय दिएर परामर्श गर्न नभ्याउँदा सेवाग्राही असन्तुष्ट देखिन्छन् । 

Dabur Nepal
NIC Asia

ओपीडीका साथै फार्मेसी, प्रयोगशाला, रिपोर्ट काउण्टरमा मात्रै नभइ र फलोअपका बिरामीको पनि लामो समय लाइनमा बस्न बाध्य छन् काठमाडौंसहित देशभरका सरकारी अस्पतालमा ।

hospital_line_sunilpradhan_12khariphoto-95-1724212670.jpg
 

चारघण्टासम्म लाइन बसेका बिरामीलाई विशेषज्ञ चिकित्सकले भने औसत ५ देखि ७ मिनेटमात्रै चेकजाँच र परामर्श गरेको सेवाग्राही बताउँछन् । 

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको गाइने ओपीडीमा १० जना विशेषज्ञले दैनिक ३५० जनासम्म बिरामी हेर्नुपर्ने विशेषज्ञ डा. सन्देश पौडेल बताउँछन् । 

hospital_line_sunilpradhan_12khariphoto-93-1724212669.jpg
 

आइतबार, सोमबार र मंगलबार गाइने ओपीडीमा बिरामीको अधिक भीड हुन्छ ।  पर्याप्त स्वास्थ्य जनशक्ति नहुँदा छिटोछरितो र गुणस्तरीय सेवा दिन नसकिएको अस्पतालहरुको गुनासो छ । वार्षिक झन्डै २ लाख नागरिकलाई सेवा दिने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वास्थ्य सेवाअन्तर्गत सरकारको दरबन्दी मात्रै ६८ छ । २३ वटा दरबन्दी बर्षौँदेखि रिक्त छ । 

hospital_line_sunilpradhan_12khariphoto-94-1724212669.jpg
 

९० जना चिकित्सक कार्यरत रहँदा १५ जनामात्रै स्थायी दरबन्दीमा छन् । दैनिक दुई हजारदेखि २२ सयसम्म बिरामी पुग्ने त्रिवि शिक्षण अस्पतालमा करिब १३०० स्वास्थ्य जनशक्ति कार्यरत रहेको तथ्यांक छ ।  तर सेवाग्राहीको चापको तुलनामा यो संख्या पनि पर्याप्त नभएको प्रशासनका अधिकारीहरु बताउँछन् । 

hospital_line_sunilpradhan_12khariphoto-90-1724212668.jpg
 

दैनिक २५ सय बढी बिरामी आउने वीर र दैनिक करिब १७०० बिरामीले सेवा लिने पाटन अस्पतालमा पनि जनशक्ति भने अभाव नै छ ।  अहिलेकै अवस्थामा पनि अनलाइन सेवा प्रभावकारी बनाउन सके भीड कम हुने र सेवा सहज हुने कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायको बुझाइ छ ।  

अस्पतालहरुमा दैनिक सेवा लिन घण्टौँ र शल्यक्रिया गर्न महिनौँ लाइन बस्नुपर्ने अवस्थाबारे गत साउन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् चासो राखेका थिए । बिरामीलाई बिना लाइन र झन्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न उनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलमार्फत् सुझाव समेत मागेका थिए । 

hospital_line_sunilpradhan_12khariphoto-91-1724212668.jpg
 

त्यसो त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको पहिलो निर्णयमा नै पदभारको एक महिनाभित्र प्रमुख अस्पतालहरु लाइन बस्नु नपर्ने व्यवस्था गर्ने गरिने बताएका थिए । 

यसबारे मन्त्रालयले अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । मन्त्री पौडेलले कार्यदलले बुझाएको प्रतिवेदन अनुसार नै अघि बढ्ने बताएका छन् । 

hospital_line_sunilpradhan_12khariphoto-92-1724212668.jpg

hospital_line_sunilpradhan_12khariphoto-88-1724212667.jpg

hospital_line_sunilpradhan_12khariphoto-89-1724212667.jpg

hospital_line_sunilpradhan_12khariphoto-85-1724212665.jpg

hospital_line_sunilpradhan_12khariphoto-86-1724212666.jpg

hospital_line_sunilpradhan_12khariphoto-87-1724212666.jpg

hospital_line_sunilpradhan_12khariphoto-83-1724212665.jpg

hospital_line_sunilpradhan_12khariphoto-84-1724212665.jpg

hospital_line_sunilpradhan_12khariphoto-81-1724212664.jpg

hospital_line_sunilpradhan_12khariphoto-82-1724212664.jpg

hospital_line_sunilpradhan_12khariphoto-80-1724212663.jpg

hospital_line_sunilpradhan_12khariphoto-79-1724212663.jpg

तस्बिर/भिडियो : सुनिल प्रधान र हरिशजंग क्षेत्री । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro