site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो हो मंकिपक्सको नयाँ भेरियन्ट ? किन घोषणा गरियो विश्वव्यापी स्वास्थ्य आपत्‌काल ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स (एम्पक्स) संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल घोषणा गरेसँगै जनमानसमा त्रास फैलिएको छ । नेपालमा पनि यसको जोखिमलाई लिएर चासो बढेको छ ।

सन् २०२४ को जनवरीदेखि २० अगस्टसम्म ३४ देशमा एम्पक्स फैलिएको डब्लूएचओको तथ्यांक छ । यस अवधिमा १५ हजार ६०० जना संक्रमित भएका छन् । यस्तै, ५३७ जनाको मृत्यु भएको तथ्यांक छ । 

एम्पक्स फैलिनेमा अधिकांश अफ्रिकी मुलुक छन् । यो वर्ष संक्रमण गएका वर्षहरूभन्दा १६० प्रतिशतले बढेको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो वर्ष एम्पक्सको 'क्लायड १बी' भेरियन्ट तीव्र संक्रामक बनेको भन्दै डब्लूएचओले १४ अगस्टमा विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल घोषणा गरेको हो ।

कस्तो हो क्लायड १बी भेरियन्ट ?

Royal Enfield Island Ad

'क्लायड १बी' एम्पक्सको नयाँ उपप्रजाति हो । यसअघि सन् २०२२ र २०२३ मा क्लायड २ ले संक्रमण फैलाएको थियो । २०२२ को जुलाईदेखि मे २०२३ सम्म विश्वका ११६ देशमा एम्पक्स फैलिएको थियो । सो अवधिमा जनवरी २०२२ देखि डिसेम्बर २०२३ सम्म ९९ हजार १७६ जना संक्रमित भई २०८ जनाको मृत्यु भएको थियो ।

तर, सन् २०२४ मा भने जनवरीयता १९ अगस्टसम्म आइपुग्दा १५ हजार ६०० संक्रमित भई ५३७ जनाको मृत्यु भइसकेको छ । 

क्लायड १बी क्लायड दुईभन्दा संक्रामक र मृत्युदर पनि उच्च रहेको उपप्रजाति भएको डब्लूएचओले जनाएको छ । हालसम्म मृत्युदर ४ प्रतिशतमा सीमित रहे पनि यो दर बढ्न सक्ने डब्लूएचओको आकलन छ ।

 

कस्तो अवस्थामा घोषणा गरिन्छ विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल ?

डब्लूएचओले एम्पक्सलाई लिएर दुई वर्षको अन्तरालमा दुईपटक विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल घोषणा गरेको छ । यसअघि सन् २०२२ जुलाईदेखि सनु २०२३ मे सम्म संक्रमण उच्च हुँदा आपत्‌काल घोषणा गरिएको थियो । जनस्वास्थ्य आपत्‌काले घोषणा गर्नु भनेको कुनै पनि रोग विश्वव्यवापी स्तरमा फैलिने जोखिम उच्च बनेको अवस्था हो ।

यस्तो अवस्थामा उच्च सतर्कता अपनाउनुपर्ने, अन्तर्राष्ट्रियस्तरमा नै नियन्त्रणका उपाय खोज्नुपर्ने, अनुसन्धान गर्नुपर्ने र सहयोगलाई तीव्र बनाउनुपर्ने डब्लूएचओले आह्वान गरेको छ ।

यतिखेर अन्तर्राष्ट्रिय दातृ निकायहरूलाई पनि खोप र स्वास्थ्य सामग्रीमा सहयोग जुटाउन डब्लूएचओले अलर्ट गराएको छ ।

खोप र बानी व्यवहार परिवर्तन नै एम्पक्स नियन्त्रणको मुख्य उपाय भएको डब्लूएचओले जनाएको छ । हालसम्म एम्पक्सविरुद्ध दुईवटा खोपले मान्यता पाएका छन् ।

नेपालमा एम्पक्स आइपुग्ने कति जोखिम ?

२०८० असारमा नेपाल आएकी एक विदेशी महिलामा एम्पक्स देखिएको थियो । भारतमा पनि यो संक्रमण देखिसकेकाले नेपालमा नआउला भन्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् । 

भारतमा सन् २०२२ मा ३० जनामा एम्पक्स देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिले जोखिममा रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी नेपालमा अघिल्लो वर्ष एकजना विदेशी नागरिक संक्रमित भएकाले यसैगरी नभित्रिएला भन्ने अवस्था नरहेको बताउँछन् ।

मन्त्रालयले हवाई तथा स्थलगत सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको डा. बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । 

हाल एम्पक्स फैलाइरहेको 'क्लायड १बी' भेरियन्ट सन् २०२२ कै गतिमा फैलिए मृत्युदर उच्च हुने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

“तर, नेपालमा कोभिड–१९ जस्तै भयावहरूपमा फैलिएला भन्ने अवस्था अहिले त देखिँदैन । यद्यपि, उच्च सतर्कता आवश्यक छ,” डा. पुनले बाह्रखरीसित भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro