site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरस्थित बाल सुधार गृहबाट दुईजना फरार
विराटनगरस्थित बाल सुधार गृह ।
Tiktok banner adTiktok banner ad

विराटनगर । विराटनगरको बाल सुधार गृहबाट दुई बालक फरार भएका छन् । कर्तव्य ज्यान तथा डाँका र जबरजस्ती करणी (बलात्कार) मुद्दामा उनीहरू पुर्पक्षमा थिए ।

उनीहरूको खोजी तीव्र पारिएको बाल सुधार गृहका प्रमुख मिलन चौहानले बताए । सुनसरीको कोसी गाउँपालिका–२ घर भएका एक बालक कर्तव्य ज्यान तथा डाँका र बराहक्षेत्र नगरपालिका–११ का अर्का बालक जबरजस्ती करणी मुद्दामा पुर्पक्षमा थिए । 

सुधारगृहस्थित विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवैजना फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उनीहरूको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । ५० जनाको क्षमताको बाल सुधार गृहमा २३८ जना रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro