site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषिमा अनुदान लिने र काम नगर्नेहरूको सूची सार्वजनिक गर्छु : मन्त्री अधिकारी 

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने बताएका छन् । कृषि क्षेत्रको नाममा अनुदान लिने र काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने बताएका हुन् ।

धादिङबाट काठमाडौं आएर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग मंगलबार भेटघाट गर्दै मन्त्री अधिकारीले भने, “तपाईंहरूको साथ सहयोग, समर्थन र शुभेच्छाले कृषिमन्त्रीको जिम्मेवारी पाएको छु । यसलाई देश र जनताको हितमा सकेसम्म काम गर्नेछु । सकिन भने पनि कलंकको टिका लाग्न दिन्न ।”

कृषि क्षेत्रमा राज्यले अनुदानमा धेरै लगानी गरे पनि त्यसको सदुपयोग नभएको चर्चा गरे । उनले भने, “कृषि मन्त्रालयले पछिल्लो पाँच/सात वर्षको बीचमा अर्बौँ रुपैयाँ अनुदान दिएको रहेछ । २०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन । यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।”

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका समस्याहरू रहेको चर्चा गर्दै अधिकारीले दुग्ध किसानको दूधको पैसादेखि उखु किसानको पैसा दिन बाँकी रहेको बताए । “६५ रुपैयाँमा किनेको दूध ९५, ९८ र १०० रुपैयाँ लिटरमा बिक्री गरेर बीचमा ३० रुपैयाँ पनि लिने, त्यसको मख्खन पनि झिक्ने अनि किसानलाई चाहिँ पैसा छैन भनेर नदिने, यस्तो मुलुक अन्त कतै पाइएला,” उनले प्रश्न गर्दै भने, “मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको छ । डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेकोमा बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ ।”

मन्त्रालयमा अप्ठ्याराहरू रहेको जनाउँदै अधिकारीले भने, “उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दसैँको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु ।” 

मन्त्री अधिकारीले कृषि मन्त्रालय र किसानको बीचमा ठूलो खाडल रहेको भन्दै त्यसलाई कसरी पुर्ने भनेर लागि परेको जिकिर गरे । राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै अधिकारीले कांग्रेस–एमालेको वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउनेगरी काम गर्नुपर्ने बताए ।

“राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने छ,” उनले भने, “जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिदैन ।” आफूबाट कुनै गल्ती गरे र भए सञ्चारमाध्यम तथा सञ्चारकर्मीले औंल्याइदिन आग्रह गर्दै अधिकारीले त्यसलाई सकारात्मक रूपमा आफूले ग्रहण गर्ने पनि जनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro