site stats
बाह्रखरी :: Baahrakhari
कला
सकियो दयाहाङको ‘कार्साङ’को छायांकन 

काठमाडौं । चलचित्र ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाको निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन २२ दिनमा सकिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

कलाकारहरूको बलियो लाइनअप रहेको चलचित्र ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहनेछ ।   

सामाजिक कथावस्तुमा निर्माण भइरहेको चलचित्रमा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो ।

चलचित्रको निर्माता पुरूषोत्तम प्रधान हुन् । चलचित्रमा उनकै डीओपी रहेको छ । ‘कार्साङ’ प्रदर्शन मिति भने तय गरिएको छैन । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्