site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालीगण्डकी करिडोर र डुम्रे–बेंसीसहर सडक अवरुद्ध
फाइल तस्बिर ।

मध्यविन्दु (नवलपरासी) । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

पहिरोले आज बिहान ७ः३० बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र र पाल्पा, स्याङ्जातर्फ यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षाले जिल्लाको विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९, वसन्तपुरमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३, गिरुबारीका देवबहादुर फाल मगर र उनकी छोरी तुलसी फाल मगर तरकारी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएको थियो । बाबु र छोरीको सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरीले जनाएको छ । 

त्यस्तै, लमजुङमा लेदोसहितको पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१, दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुंगामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरू विचल्लीमा परेका छन् । पानी निरन्तर परिरहेको र सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उनको भनाइ छ । यसै ठाउँमा यसअघिसमेत पटकपटक पहिरो झरेर सडक अवरुद्ध भएको थियो । दलालमाथि केही वर्षअघि ढुंगा खानी रहेको र सो खानीमा जमेको पानी फुटेर गत असार यता पहिरो आउन थालेको हो । 

बेँसीसहरदेखि तनहुँ, काठमाडौं, पोखरा, चितवन लगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिमाली जिल्ला मनाङमा समेत यही सडक हुँदै जानुपर्छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro