site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
५० थान सिरक बाँड्न कोसीका मन्त्री सोलुखुम्बुमा, माग गरिएको सामग्री लगेनन् 

विराटनगर । सोलुखुम्बुको थामेका बाढीपीडितलाई माग गरिएको नलगेर अरू नै राहत सामग्री बोकेर कोसी प्रदेश सरकारको ‘जम्बो’ टोली सोलुखुम्बु पुगेको छ । मंगलबार बिहान ती सामग्री प्रदेशका दुई मन्त्रीले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)लाई हस्तान्तरण गरे ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले पीडितलाई तत्काल चाहिने र अति आवश्यक वस्तु माग गरिए पनि त्यसबमोजिमका सामग्री उपलब्ध हुन नसकेको बताइन् ।

गएको साउन ३२ गते दुई हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा भीषण बाढी गएको थियो । सिंगो गाउँ नै बाढीको चपेटामा परेको थियो । धेरै परिवार विस्थापित बनेका छन् ।

Dabur Nepal
NIC Asia

कोसी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लव अधिकारी र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की १४ जनाको दलबलसहित सोलुखुम्बु पुगेका हुन् । मन्त्रीहरूसँग सुरक्षाकर्मी, चालक, कर्मचारी, सचिवालयका प्रतिनिधि र नेकपा (एमाले)का कार्यकर्ता पनि साथै गएका थिए ।

विराटनगरबाट दुई दिनअघि हिँडेको टोली उदयपुरको घुर्मी हुँदै सल्लेरी पुगेको छ । ५०/५० थान सिरक, मेट्रिक्स र तन्ना लिएर मन्त्रीद्वयसहितको टोली सोलुखुम्बु गएको हो । ती सामग्री ढुवानी गर्न प्रदेश सरकारले करिब ४० हजार रुपैयाँ भाडा तिरेर लगेको सवारीसाधन भने विराटनगर फर्किइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले बाह्रखरीसँग भनिन्, “हामीले पीडितका लागि खाद्यान्नसहितका अति आवश्यक वस्तु सहयोग गर्न पत्राचार गरेका थियौँ । प्रदेशका मन्त्रीज्यूहरूले ५०/५० थान सामग्री हामीलाई हस्तान्तरण गरेर फर्किनुभएको छ ।”

पीडितका निम्ति प्राप्त सहयोग होलिकोप्टरमार्फत ‘एयर लिफ्ट’ गरेर पठाउनुपर्नेमा मौसम प्रतिकूलताका कारण कठिनाइ भएको उनले बताइन् । “यसअघि हामी आफैँ प्रभावित क्षेत्र पुगेर बाढीबाट प्रभावितको वस्तुतस्थितिको जानकारी लिएका थियौँ,” प्रजिअ पाण्डेले भनिन्, “पीडितलाई तत्काल राहत चाहिएको छ । एकपटकमा हेलिकोप्टरबाट ३०० केजीभन्दा धेरै तौलका सामग्री लैजान पनि अप्ठ्यारो छ ।”

सोलु सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिँडेपछि मात्र प्रभावित क्षेत्र थामे पुग्न सकिन्छ ।

मन्त्री अधिकारीले राहत सामग्री हस्तान्तरण गर्दै जनताको दुःखमा प्रदेश सरकार साथै रहेको बताए ।

मन्त्रीद्वय हेलिकोप्टरमार्फत लुक्लासम्म जाने तयारीमा थिए । तर, मौसम प्रतिकूल बनेपछि उनीहरू ओखलढुंगा र खोटाङ हुँदै विराटनगर फर्कने तयारीमा छन् ।

मन्त्रीद्वय पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर विराटनगर फर्कने समय तालिका मिलाइएको उनीहरूसँगै सल्लेरी गएका पत्रकार अविजाल विष्टले बताए ।

मन्त्री अधिकारीले स्थानीय तह र संघीय सरकारसँगको सहकार्यमा थामेका बाढी प्रभावितलाई पुनःस्थापनाका निम्ति प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

थामेमा बाढीबाट अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन भइसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro