site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साविक विजेता सिटीको सानदार सुरुआत

काठमाडौं । नयाँ सिजनको पहिलो खेलमा चेल्सीविरुद्ध २–० को जितसहित साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ । आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा नयाँ प्रशिक्षक एन्जो मारेस्काको पहिलो खेलमै चेल्सी निराश बनेको हो ।

पाहुना टिम सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड र माटेओ कोभासिचले गोल गरे । हालान्डले १८औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । यही गोलमा सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ८४औँ मिनेटमा कोभासिचले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा सिटीले जितसहित लगातार पाँचौँपटक लिग जित्ने अभियानको सुरुआत गरेको हो ।

जितसँगै तीन अंक जोडेको सिटी तालिकाको चौथो स्थानमा छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको चेल्सी १७औँ स्थानमा छ ।

प्रिमियर लिगमा आइतबार नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसविरुद्ध २–१ को जित निकाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro