देश
काठमाडौं । पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चारजनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–१०, टुमेडामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो ।
“स्थानीय वीरबहादुर धामीको घर पहिरोमा पुरिँदा चारजनाको मृत्यु भएको हो,” बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बाह्रखरीसँग भने, “पहिरोमा पुरिएर मृत्यु भएका चारजनाको शव निकालिएको छ ।”
टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । ६ जनाले भागेर ज्यान जोगाएको उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ ०८:५४
प्रतिक्रिया दिनुहोस्