site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'एम्पक्स'बारे स्वास्थ्य मन्त्रालयले भन्यो– पूर्वतयारी थालिसक्यौँ, तपाईं पनि सचेत रहनू

काठमाडौं । सरकारले नेपाल पनि मंकिपक्स (एम्पक्स) संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्पक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेस्क स्थापना गरिएको छ ।। "सरुवा रोगको निगरानी सर्विलेन्स गर्ने तीनै तहका निकायहरूलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको जानकारी गराउन चाहन्छौँ," मन्त्रालयले भनेको छ ।

मन्त्रालयबाट पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए पनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकिपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

मन्त्रालयका अनुसार केही समययता कोंगोमा मंकिपक्स भाइरसको अधिक घातक संस्करण 'क्लेड १बी'का बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेका छन् । गत जनवरीदेखि हालसम्म यसका कारण कोंगोमा ५४८ जनाको मृत्यु भइसकेको छ ।

कोंगोका छिमेकी देशहरूमा पनि द्रुतरूपमा फैलिरहेकाले विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगस्ट २०२४ मा 'विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल'को रूपमा घोषणा गरेको छ ।

एम्पक्स संक्रमणमा ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ ।

नेपालमा असार १ गते पहिलोपटक ६० वर्षीया नेदरल्यान्डकी नागरिकमा मंकिपक्स (एम्पक्स) संक्रमण पुष्टि भएको थियो ।

MPOX-1723995768.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro