site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डमा एफएनसीसीआई र आईक्यानको प्रतिनिधि हटाइने !

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गराएका छन् । उनले अर्थमन्त्रालयको तर्फबाट गत शुक्रबार विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा हाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट धितोपत्र बोर्डमा प्रतिनिधित्व गर्ने प्रतिनिधिलाई हटाउन ऐन संशोधन प्रस्ताव गरिएको छ ।

स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यी संस्थाका प्रतिनिधिलाई बोर्ड सदस्य नहुने व्यवस्था गर्न आवश्यक भएको विधेयकमा उल्लेख छ ।

विज्ञ सदस्यको अनुभवलाई पनि हेरफेर गर्न प्रस्ताव गरिएको छ । यसअघि सात वर्षको विज्ञता भए हुने व्यवस्था थियो भने अब १० वर्ष गर्त प्रस्ताव गरिएको छ ।

त्यसैगरी, बोर्डलाई प्रादेशिक कार्यालय वा सम्पर्क कार्यालय खोल्न ऐनमा नै व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro