site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाँकेमा युवासंघ र तरुण दलका व्यक्तिबीच खुकुरी हानाहान, दुईजना गम्भीर घाइते

काठमाडौं । पछिल्लो समय बाँकेमा सुरक्षा चुनौती बढ्दै गएको छ । बाँकेमा केही दिनअघि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सूचक कुटिएका थिए । त्यहाँ फेरि अर्को घटना भएको छ ।

बाँकेमा आपराधिक पृष्ठभूमिका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको हो । बैजापुरमा भएको ग्याङ फाइटका क्रममा दुईजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बैजापुरका २८ वर्षीय सुलभ मल्ल र २८ वर्षकै सन्दीप विष्ट छन् । उनीहरू दुवैजनाको अवस्था गम्भीर छ ।

दुवैजनालाई उपचारका निम्ति भारतको लखनऊ लगिएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं एसपी तुलबहादुर कार्कीले बताए ।

प्रहरीका अनुसार, घाइते मल्लको बायाँ कोखामा गम्भीर चोट लागेको छ । विष्टको दुवै हातका कुमतर्फको भागमाथि छिनालिएको छ । घटनाको अनुसन्धानका निम्ति चारजनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँकेकै राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका ३४ वर्षीय ज्ञानेन्द्र वली, सोही ठाउँका रत्नबहादुर भण्डारी, वामे भनिने सन्दीप वली र दाङको घोराहीका विशाल बस्नेत छन् । उनीहरू चारैजना नेकपा (एमाले)निकट युवासंघमा आबद्ध रहेका खुलेको छ ।

घाइेत दुवैजना नेपाली कांग्रेसनिकट तरुण दलमा आबद्ध युवा हुन् । घटनाको विरोधमा तरुण दलमा आबद्ध व्यक्तिले आइतबार नेपालगन्जमा प्रदर्शन समेत गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro