site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
श्रम बजारको खोजी गर्दै अष्ट्रेलिया पुग्यो नेपाली टोली 

सिड्नी । उन्नत श्रम बजारको सम्भावना र यसका चुनौतीहरुका विषयमा चासो राख्दै वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीसहितको टोली अस्ट्रेलिया आइपुगेको छ ।

अस्ट्रेलियाका नेपाली र श्रम बजार, यसको सम्भावना बुझ्न र अध्ययन गर्न आएको टोलीले प्रारम्भमा एनआरएन अस्ट्रेलियासँग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।  जसमा रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएका र जोडिएका परिवारलाई दिँदै आएको मानसिक स्वास्थ शिक्षा र टेली मेडिसिनजस्ता कार्यक्रमहरु पनि आवश्यक परेमा उपलब्ध गराउने बचनवद्धता प्रकट गरेको छ । 

कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक उप्रेतीले नयाँ गन्तव्य र उन्नत श्रम बजारको खोजी पनि बोर्डको कार्ययोजनाभित्र पर्ने भएकोले यसलाई अगाडि बढाइएको जानकारी दिए । 

उप्रेतीले भने, “जब नेपाली समुदायको उल्लेख्य सहभागिता रहन्छ त्यहा सम्भावनाका अन्य पाटाहरु पनि देखिन थाल्छन्, यसैले पनि अस्ट्रेलिया सरकारसँग श्रम सम्झौता गर्न सकियो भने अर्थ र प्रविधिका सवालमा हाम्रो श्रम बजारले महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने देखिन्छ । त्यसैको प्रारम्भिक बिन्दुका रुपमा यहाँका समुदाय, एनआरएनए र दूतावासलगायतका निकायहरुसँग विषय उठानका लागि हामी आइपुगेका हौँ ।”

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मानसिक स्वास्थ र टेलि हेल्थसँगै अस्ट्रेलियाको कृषिमा श्रमिकको ठुलो बजार भएकोले यसमा हाम्रोजस्ता कृषि प्रधान देशले पहल सुरु गर्नुपर्ने बताए । उनले भर्खरै नेपाल र अस्ट्रेलियाबीच व्यापार सम्झौता सम्पन्न भएको र यसले श्रम सम्झौताको पनि बाटो खुल्न सक्ने हुनाले यसलाई बोर्डले सरकार समक्ष प्रस्तावका रुपमा लगोस् भन्ने आफुहरुको चाहना रहेको बताए ।

अस्ट्रेलिया कृषिमा उन्नत प्रविधियुक्त मुलुकका रुपमा कहलिएकोले पनि नेपालीहरु कृषि मजदुरका रुपमा आउन पाए पैसासँगै शिप र दक्षता लिएर फर्कने अध्यक्ष अनिलको भनाइ थियो । एनआरएनका सल्लाहकार दिनेशराज जोशीले अस्ट्रेलिया र नेपाल सरकारको कूटनीतिक सम्बन्ध निकै लामो भए पनि सम्भावना र अवसरहरुलाई भने अगाडि लैजान नसकेको तितो सत्य भएको बताए । 

दक्षिण एसियाका कतिपय देशले वर्किङ होलिडे भिसा पाइसकेका छन् तर नेपालले त्यसमा पनि पहल गरेको छैन । 

दुईवर्षका लागि पाइने यो भिसामा आउनेले फुल टाइम कृषिमा काम गर्ने अधिकारसमेत प्राप्त गर्छन् । अहिले साउथ अमेरिका, पूर्वी एसिया र युरोपबाट दशौँहजार यस्ता भिसा होल्डरहरु कृषि मजदुरमा कार्यरत छन्, जसमा निकै राम्रो आम्दानी छ ।

एनआरएन अस्ट्रेलियाका सल्लाहकार बुद्धी डल्लाकोटीले सम्भावना र चुनातीका बीच पहलकदमी महत्वपूर्ण कदम भएको विचार व्यक्त गरे ।

डल्लाकोटीले भने, “रोज्नु पर्‍यो, खोज्नुपर्‍यो अनि त पाइन्छ, नेपालले कहिले सम्भावनामा पहलकदमी नै गरेको देखिँदैन ।”

कार्यक्रममा एनआरएन नारी निकुन्जकी अध्यक्ष संगिता चापागाइँले यहाँ हजारौँ विद्यार्थीहरुमा मानसिक स्वास्थ समस्या देखिएता पनि उनीहरु खुलेर बाहिर आउन नसक्दा समस्याले उग्ररुप लिँदै गएको बताइन् । 

कार्यक्रममा एनआरएन एनएसडब्लुकी उपाध्यक्ष दिपा जोशीले मानसिक स्वास्थ पनि एउटा सामान्य रोग भएको बताइन् । नेपाली समाजमा यस्ता समस्यामा परेका विद्यार्थीहरु सार्वजनिक हुन नचाहने प्रवृत्तिले बढी समस्या ल्याएको जोशीले बताइन् । 

एनआरएन अस्ट्रेलियाका केन्द्रीय सदस्य सत्यप्रकाश कँडेलले विद्यार्थीहरुलाई सरकारले श्रम बजारको परिभाषामा नराखेको र अस्ट्रेलिया कामदारका रुपमा निजी श्रेत्रबाट प्रायोजन भिषामा आउनेले पनि श्रम स्वीकृति लिनु नपर्ने भएकोले श्रम सम्झौता पहिलो प्राथमिकता बन्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वआईसीसी सदस्य दिपक भट्टराई, योगा प्रशिक्षक सीमोन न्यौपानेलगायतले आ–आफना धारणा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro