site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता दुई खर्ब २१ अर्बले बचतमा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनानुसार यो वर्ष चालु खाता बचतमा देखिएको छ ।

अघिल्लो वर्षको अन्त्यसम्म चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । तर, चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro