site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महँगी ३.५७ विन्दुमा सीमित
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्षको असारमा महँगी घटेको छ । ०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको मूल्यवृद्धि २६.४०, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीको ८.२९ प्रतिशत छ ।

घिउ तथा तेल उपसमूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ११.३८, मनोरञ्जन तथा संस्कृतिको १०.९६, शिक्षाको ७.७३, फर्निसिङ तथा घरायसी उपकरणको ४.७५ र कपडाजन्य तथा जुत्ताचप्पलको ४.५६ प्रतिशत छ ।

यातायात उपसमूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको छ । खाद्य तथा पेयपदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro