site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणीसहित यी नदीको बहाव बढ्ने

काठमाडौं । आगामी तीन दिन नारायणीसहितका नदीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी, कन्काई, कमला, वाग्मती, राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्नेछ । यी नदीमा बहाव बढे पनि जलसतह सतर्कता तलै हुने विभागले जनाएको छ । 

पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीको जलसतह सतर्कता तहनजिक पुग्न सक्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागको अनुरोध छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्