site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपर कपको फाइनलमा अल नासर पराजित, साउदीमा रोनाल्डो अझै उपाधिविहीन

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको टोली अल नासर साउदी सुपर कपको फाइनलमा पराजित भएको छ ।

शनिबार राति भएको फाइनलमा रोनाल्डोको टोली नासर अल हिलालसँग ४–१ ले पराजित भएको हो । खेलमा सुरुआती अग्रता बनाए पनि अल नासरले त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन ।

४४औँ मिनेटमा रोनाल्डोले नै गोल गरेपछि नासरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, यो लामो समय टिक्न भने सकेन । ५५औँ मिनेटमा अर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई खेलमा फर्काएका थिए । 

६३औँ मिनेटमा एलेक्सान्डर मिट्रोभिचले अल हिलालको अग्रतालाई २–१ बनाए । ६९औँ मिनेटमा मिट्रोभिचले नै गोल गरेपछि अल हिलालले अग्रतालाई ३–१ को स्थितिमा राखे । यस्तै, ७२औँ मिनेटमा माल्कोमले गोल गरेपछि अल हिलालले ४–१ को जित पक्का गरेको हो ।

पोर्चुगलका फरवार्ड रोनाल्डो साउदी अरेबिया आएयता उनले अल नासरबाट साउदीका कुनै पनि घरेलु उपाधि जित्न सकेका छैनन् । रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेडबाट अल नासर अनुबन्धित भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro