site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आइतबार दिउँसोपछि वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका अरू केही स्थानसँगै काठमाडौंमा पनि आइतबार दिउँसो वर्षाको सम्भावना छ । काठमाडौंसहितका स्थानमा शनिबार राति पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आइतबार भने दिउँसो १/२ बजेपछि बादल बढ्ने र पानी पर्न सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । बिहान भने वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए ।

“भोलि दिउँसो २ बजेपछि बादल बढ्ने, पानी पर्न सक्ने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ । साँझ र राति पनि वर्षाको सम्भावना छ ।”

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।

अबका केही दिन उक्त रेखा नेपालनजिक सर्ने सम्भावना कम छ । हालको अवस्थाबाट हेर्दा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहने देखिएको मौसमविद् लामिछानेले बताए । उक्त रेखा उत्तरतर्फ अर्थात् नेपालनजिक हुँदा यहाँ धेरै पानी पर्ने सम्भावना हुन्छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शखण्डमा उल्लेख छ, “कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्य्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

बुलेटिन पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro