site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री आइतबार भारत भ्रमणमा जाने
पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । फाइल तस्बिर ।

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही भदौ २ गते छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । उनका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro