site stats
बाह्रखरी :: Baahrakhari
देश
भरुवा बन्दुकसहित युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भरुवा बन्दुकसहित दाङबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–३, भैँसीकुटीका २४ वर्षीय चुन्नु भनिने राजाबाबु बुढामगर छन् ।

उनको साथबाट एकनाले भरुवा बन्दुक एकथान बरामद गरिएको छ । गढवा–३, सुपैलाखोलाबाट शुक्रबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बोरामा बेरी वनतर्फ जाँदै गरेको अवस्थामा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्