site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैँ ठोस्सिन्छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन् । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो आन्तरिक छलफलपछि हटेको र भ्रम चिरिएको उनको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको बताए । प्रतिक्रियावादी आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत उनले लगाए ।

उनले आफू र उपमहासचिव शर्माबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको बताए । तर, त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु¥याएको उनको निष्कर्ष छ ।

उनले उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने विषयको भ्रमलाई स्थायी कमिटी बैठकबाट पनि खारेज गरिदिएको बताए । पार्टीभित्र खुला छलफल गर्न दिने सोचानुसार आफूले पछिल्ला बैठक सञ्चालन गरेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रूपले सँगै काम गर्दै आएका छौँ । तर, उहाँले भनेजस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैँ ठोस्सिनेचाहिँ गरेका छौँ । अहिले मात्रै होइन, जनयुद्धकालमा पनि, जनयुद्धपछि पनि र अहिले पनि । तर, यो अगुल्टो ठोस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु, योपटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकताबद्ध गर्न, अझ उहाँको र मेरोबीचमा बेलाबेलामा हुने आशंकाहरू दूर गर्न र आफ्नो समझदारीलाई मजबुत गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । योपटकको बैठकहरू मैले अलि भिन्न रूपले सञ्चालन गर्ने सोचेको छु । र, विवाद र आशंकाको बीचमा पनि, विवाद र बहसको बीचमा पनि मैले सबै कमरेडहरूसँग, प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिऊँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारीअनुसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मनभित्र भएका सही हुन् वा गलत, मनोगत हुन् वा वस्तुगत हुन्, जे छन् भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो– प्रचण्डको अगाडि पर्दा मिठाराम्रा कुरा गर्ने, हाम्रो महान् नेतृत्व भन्ने, कोठाबाट निस्केर गएपछि धारे हात लगाउनेको संख्या बढेको छ । मलाई थाहाचाहिँ हुन्थ्यो, को–कोले के गर्दछन् भनेर । तर, मैले भित्र जे छ, त्यो बाहिर आओस् भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्काे गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्ला कि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउँदै छन् भनेको पनि छैन । सोचेको पनि होइन । तर, भ्रम नै भ्रम, वरिपरिकाले भन्दै जाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरू लागेका हुन्, आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरू लागि नै रहन्छन् । कहीँ न कहीँ आशंकाको तुवाँलो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईंहरूलाई बडो गर्वका साथ भन्न सक्छु– त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र, प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदै छ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईं हामी सबैको लागि खुसीको कुरा हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro