site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डसामु जनार्दनले भने– तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन, दिए चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदा कसरी नेतृत्वविरोधी भएँ ? भनि उनले प्रश्न पनि गरे ।

पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए । सोही कार्यक्रममा उनले प्रचण्डलाई ‘तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्वविरोधी कुरा गरेको आरोप लगाउने काम गरेको’ भन्दै आक्रोश व्यक्त गरे ।

प्रचण्डतिर फर्कंदै उनले ‘तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको’ बताए । पार्टीलाई समाप्त हुन नदिन प्रचण्डलाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको शर्माको स्पष्टीकरण थियो ।

माओवादी केन्द्र विभाजन गर्न खोजेको आफूमाथि आरोप पार्टी हेडक्वाटरबाटै लगाइएको उनले जिकिर गरे । अध्यक्ष प्रचण्ड आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने उनले माग गरे ।

उपमहासचिव शर्माले आफूमाथि पार्टीभित्रैबाट मनोगत रूपमा विभिन्न आरोप लगाइने गरेको बताए । आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा जनार्दन शर्माको भनाइ पढ्नोस्–
जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आइपुग्यौँ । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू जो सहभागितामूलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई एउटा वैचारिक रूपमा अघि बढाउनु पर्दैन ? त्यस अरू १००/२०० वर्षसम्म अगाडि बढ्नु पर्दैन ? मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दै छु, मेरो कुरा त्यो हो । अरू २०० वर्षसम्म प्रचण्ड बाँचून्, त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हँुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुहोस् । त्यसकारण तपाईंको भूमिका विचार निर्माणमा रहोस् । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरूलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर, यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रस्ताव राखेको हो । छलफल हुँदै छ । भूमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढंगले जाँदैनौँ भने हामी सकिन्छौँ । हामी नसकिऔँ, हामी आन्दोलनलाई बचाऔँ भन्ने कुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने ? खपौँला, पार्टीका लागि खप्ने कुरा गरौँला । स्थायी कमिटीको बैठकबाट तीनवटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरू थिए । मैले सार्वजनिक रूपमा त्यो भन्नैपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन, अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छ, त्यही वरिपरिबाट, नेतृत्व वरिपरिबाट मेरो सिधा कुरा छ, त्यसमा उहाँको भूमिका कति छ छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिनँ, गर्नुपर्छ भनेर मैले भनेको छु । र, निर्णय पनि त्यही भएको छ, गर्ने भन्ने भएको छ । अध्यक्ष मैले बोलेँ पनि भन्नुभएको छ । बोल्नु पनि होला । तेस्रो कुरा, पार्टी निर्माणसम्बन्धी राखेको कुरा विचार, योजनाहरूलाई छलफल गरौँला केन्द्रीय समितिसम्म भन्ने भएको छ । पार्टीमा बहस गर्दा त केही बिगँ्रदो रहेनछन् त । स्थायी कमिटीमा बहस गरियो, त्यहाँसम्म पुगियो । केन्द्रीय समितिमा बहस गर्दा त्योभन्दा राम्रो बन्ला अझ । यो कसरी नराम्रो भयो ? पार्टी बनाउने एजेन्डामा छलफल गर्दा कसरी नराम्रो भयो ? आज जुन ढंगले आरोपित गरेर पार्टी खोल मलाई नभनेका होइनन्, भनेका छन् । तर, म किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु मैले । यही पार्टी मेरो हो । मैले किन पार्टी खोल्ने ? यही पार्टी हो नि मेरो । मेरो मात्रै होइन, मजस्ता हजारौँको पार्टी हो नि । मैले त्यो भनेको छु । म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भएँ । म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन । एक दिन पनि बिसाएको छैन । कति गल्ती गरे हुँला, कति राम्रो गरे होला । तर, आजसम्म मैले बिसाएको छैन । यो करिब ४८ वर्ष भएछ । ४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरू खपेको छु । मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर, साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु– अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रूपमा लाइदिने आरोपको त म के गर्न सक्छु र ? रेको हो ! न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro