site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासद्वारा प्रस्तावित नयाँ सर्त अस्वीकार

इजरायल । हमासले दोहामा भएको वार्तामा इजरायलको प्रस्ताव अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो ।

इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदीहरूको फिर्ताको माग गरेको थियो ।

इजरायली रक्षामन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरूको रिहाइका लागि वार्ता महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकुहरूले २५१ जनालाई कब्जामा लिएका थिए । यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ ।

इजरायलको सेनाले गाजामा कम्तीमा ४० हजार पाँच जना मानिस मारेको जनाइएको छ । जसमा सैनिक र नागरिक कति मारिए भन्ने खुलाइएको छैन । रासस/एएफपी

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro