site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कयौँ व्यापारी र बैंकर सँगै जेल जाने जोखिम बढेकाले छुट्याउन आवश्यक ठानिएको हो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सञ्चालकहरू र ऋणीहरू सँगै जेल जाने जोखिम बढ्दै गएकाले ऐनमा नै बैंकर र व्यवसायीलाई छुट्याउन खोजिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले पछिल्ला घटनाले पनि यस्तो देखाएको उनले बताए ।

Dabur Nepal
NIC Asia

“कानुनको प्रयोग गरिरहँदा खेरी रियल बेनिफिसियल र रिक्स टेकरहरूलाई सँगै राख्ने प्राक्टिस छ । यसपछिको कारण चाहिँ अरू विनियमावली त छैन । यसमा कार्यविधि पनि तोकिएको छैन । जसको फलस्वरूप बैंकरहरू ऋणीसँगै जेलमा गाको हामीले देखेका छौँ,” उनले भने, “यसमा पहिले ऋणीमाथि अनुसन्धान हुनुपर्थ्यो । किनभने ऋण त ऋणीले लगेको छ नि त । सुरुमै स्वीकृत गर्नेकामा जानुपर्ने आवश्यक थिएन ।”

ऋणीलाई अनुसन्धान गर्दा उनीहरूले मिलेमतो भएको भने मात्र अनुसन्धानमा जानुपर्नेमा कानुनकै कारण पहिले ऋण स्वीकृति गर्नकामा जाने वातावरण भएको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro