site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद्को बैठकले गर्‍यो परराष्ट्रमन्त्रीको पाँच दिने भ्रमण स्वीकृत, आइतबार भारत जाने 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो ।

“परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई २०८१ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमण गर्दा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए ।
 
“परराष्ट्रमन्त्रीज्यू स्वास्थ्य उपचारका लागि भारत जान लाग्नु भएको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro