site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए ।  गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठवटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । 

गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार ९२६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिए ।  

चारवर्षअघि  २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । 

“ढिलो भए पनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख भुक्तानी गर्न बाँकी  छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro