site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इलेक्ट्रिक चुरोट बरामद
प्रतीकात्मक तस्बिर ।

वीरगन्ज । सशस्त्र प्रहरी बल १७ लाख १० हजार ६५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाएर लैजाने क्रममा रहेको ४५० थान भेप बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“भारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको हो,” उनले भने, “बरामद भएको भेप आजै वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ ।” 

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुन अर्थात् १५ हजार दुई सय थान इलेक्ट्रिक भेप बरामद थियो । एक कार्टुनमा दुई सय थान भेप भेट्टिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro